WordPress database error: [Table 'u945304538_migration1.wp_terms' doesn't exist]
SELECT DISTINCT t.term_id, tr.object_id FROM wp_terms AS t INNER JOIN wp_term_taxonomy AS tt ON t.term_id = tt.term_id INNER JOIN wp_term_relationships AS tr ON tr.term_taxonomy_id = tt.term_taxonomy_id WHERE tt.taxonomy IN ('category', 'post_tag', 'post_format') AND tr.object_id IN (79) ORDER BY t.name ASC

माल्दिभ्समाथी नेपाल ए टिमको उत्कृष्ट जित – The Focus Hindi

WordPress database error: [Table 'u945304538_migration1.wp_users' doesn't exist]
SELECT * FROM wp_users WHERE ID IN (1)

WordPress database error: [Table 'u945304538_migration1.wp_users' doesn't exist]
SELECT * FROM wp_users WHERE ID = '1' LIMIT 1

माल्दिभ्समाथी नेपाल ए टिमको उत्कृष्ट जित

दक्षिण एसियायी खेलकुद ( साग ) को पूर्व सन्धामा साग खेल्न आईपुगेको माल्दिभ्स र नेपाल `ए´ बीचको अन्तिम मैत्रीपूर्ण खेलमा नेपालले माल्दिभ्सलाई ८ विकेटले पराजित गरेको छ ।माल्दिभ्समाथि लगातार तेस्रो जित हासिल गर्ने क्रममा नेपाललाई माल्दिभ्सले दिएको १ सय १३ रनको सामान्य विजयी चुनौतीलाई नेपालले १३.५ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।नेपाललाई सहज जित निकाल्ने क्रममा ओपनर सुनिल धमलाले सर्बाधिक ४१ रनको योगदान गरे । अविजित रहेका उनले ३२ बलको सामना गर्दै ३ चौका र २ छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।यस्तै टिमका लागि सुबाश खकुरेलले ३६ रनको योगदान गरे । उनि पनि अविजित रहेका उनले ३१ बलमा ३ चौका र १ छक्का प्रहार गरे भने ओपनर ब्याट्सम्यान रित गौतमले २४ रन जोडेका थिए ।

बलिङतर्फ माल्दिभ्सका हसन इबरहिमले २ विकेट हात पारे ।त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ थालेको माल्दिभ्सले निर्धारित २० ओभर पुरै खेल्दै ९ विकेटको क्षतिमा १ सय १२ रन बनाएको थियो ।माल्दिभ्सका लागि अहमद हसनले सर्वाधिक १९ रनको योगदान दिदा मोहम्मद रिजवानले १२ तथा मोहम्मद इमान अलीले १० रन बनाएका थिए । भने अन्त्यमा हसन इबरामले १७ रनमा अविजित रहे ।बलिङतर्फ नेपालका लागि तिलक भण्डारीले ३ तथा बिक्रम शोवले २ विकेट लिए । भने आकश चन्द, रावल प्रताप सिंह र शेर मल्लले समान १-१ विकेट लिएका थिए ।योसँगै माल्दिभ्सको नेपाल तयारी सकिएको छ । अब माल्दिभ्सले सागमा प्रतिश्पर्दा गर्नेछ ।

Leave a Comment