सन्दिपले साग नखेल्ने – The Focus Hindi

WordPress database error: [Table 'u945304538_migration1.wp_users' doesn't exist]
SELECT * FROM wp_users WHERE ID IN (1)

WordPress database error: [Table 'u945304538_migration1.wp_users' doesn't exist]
SELECT * FROM wp_users WHERE ID = '1' LIMIT 1

सन्दिपले साग नखेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) गुमाउने भएका भएका छन् ।आँखाको शल्यक्रिया गरेपछि सन्दीपले घरेलु भूमिको साग गुमाउने भएका हुन् । नेपाली राष्ट्रिय टिमका टिम म्यानेजर रमण सिवाकोटीले सन्दीपले साग नखेल्ने पक्का भएको बताए । ‘सन्दीपले साग खेल्ने छैनन् । उनको आँखाको अप्रेसन आज भएको छ,’ सिवाकोटीले खेलपाटीसँग भने, ‘टिमसँग सल्लाह गरेर नै शल्यक्रिया गरिएको हो ।’

पछिल्लो समय सन्दीपको आँखामा समस्या देखिएपछि सोमबार तिलगंगा आँखा अस्पतालमा शल्यक्रिया गरिएको हो ।न्दीपको शल्यक्रिया ठिक हुन २ हप्ता देखि २० दिन लाग्ने सिवाकोटीले जानकारी गराए ।सन्दीप टिमबाट बाहिरिएपछि नेपालले उनको स्थानमा रोहित कुमार पौडेललाई टिममा बोलाईएको छ । यस अघि साग खेल्ने टिममा रोहित वैकल्पिक खेलाडीको रुपमा रहेका थिए ।सन्दीप हालै युएईमा सम्पन्न टी-१० लिग खेलेर फर्किएका थिए ।

टियु क्रिकेट मैदानमा हुने सागमा नेपालले श्रीलंकासँग डिसेम्बर ३ मा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।यस्तै नेपालले डिसेम्बर ५ मा भुटानसँग खेल्दा डिसेम्बर ६ मा माल्दिभ्सको सामना गर्नेछ । नेपालले अन्तिम खेलमा डिसेम्बर ७ मा बंगलादेशसँग खेल्नेछ ।सागको पुरुषतर्फ पाँच टिमले प्रतिस्पर्धा गर्ने छन् । जसमा नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्स रहेका छन् ।भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्ने छैनन् । यस्तै बंगलादेश र श्रीलंकाले यू-२३ टिम पठाउने छ । अन्य राष्ट्रको भने सिनियर टिम हुनेछ ।राउण्ड रोबिनको आधारमा हुने पुरुष क्रिकेटको शीर्ष दुई टिमले स्वर्ण पदकको लागि खेल्ने छन् । यस्तै तेस्रो र चौंथो टिमले कास्यको लागि खेल्नेछ ।

Leave a Comment